शौर्य सिमेन्टले प्रिमियममा १ करोड ५९ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डमा आवेदन
काठमाडौँ । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
शौर्य सिमेन्टले अंकित मूल्य १०० रुपैयाँमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थप गरेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा सेयर जारी गर्न अनुमति मागेको हो । कम्पनीले १ करोड ५९ लाख ८१ लाख ५०० कित्ता सेयर निष्कासन गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।













