७ श्रावण २०८३, बिहिबार

माउन्टेन इनर्जी नेपालले सेयरधनीलाई १५ प्रतिशत बोनस दिने, नगद कति ?



काठमाडौं । माउन्टेन इनर्जी नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार साँझ बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

उक्त लाभांश अब विद्युत नियमन आयोगको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्