हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार कतिबाट शुरु भयो ?
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार शुरु भएको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा भएको हो।
कम्पनीको सेयर पुष २२ गते आइतबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित सर्वसाधारणका लागि निष्काशन गरेको ३ करोड कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७ करोड कित्ता गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो।













