नेपाल ब्रोडकास्टीङ्ग च्यानलले आइपीओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेपाल ब्रोडकास्टीङ्ग च्यानलले आइपीओ निष्कासन गर्ने



काठमाडौं । नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव सहित पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौँमा विहान १० बजे बस्ने गरी साधारण सभा बोलाएको हो ।

सभामा आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्