यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनीहरु
काठमाडौँ । सोमबार बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.५७ अकंले बढेर २०५९.४९ बिन्दुमा बन्द भएको हो ।
आज ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार सोनापुर मिनरल्सको २१ करोड ८४ लाख रुपैयाँ, माउन्टेन इनर्जीको १९ करोड ३६ लाख रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको १६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।














