सर्वोत्तम सिमेन्टको आइपीओः वैदेशिक रोजगारीमा गएका नेपालीबाट पहिलो दिनमै माग भन्दा बढी आवेदन
काठमाडौँ । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको आइपीओमा पहिलो दिन मै माग भन्दा बढी आवदेन परेको छ । सिडिएसका अनुसार आज अर्थात पुष २५ गते साँझ ५ः०६ बजेसम्म ४ हजार ९०९ जनाले ३ लाख ६५ हजार ५५० कित्ताका लागि आवेदन दिएका छन् । जस मार्फत १३ करोड १९ लाख २६ हजार ९९५ रुपैयाँ संकलन भएको छ ।
कम्पनीको आइपीओमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । लगानीकर्ताले यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ













