घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँट, ३२ लाख कित्ता लिलामीमा आउने
काठमाडौँ । घलेम्दी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले निष्कासन गरेको २०० प्रतिशत हकप्रद बाँडफाँट भएको हो ।
कम्पनीको ७७ लाख ८२ हजार २७६ कित्ता सेयर बाँडफाट भएको हो । तर कम्पनीले१ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यसआधारमा ३२ लाख १७ हजार ७२४ कित्ता हकप्रद बिक्री भएन ।
बिक्री नभएको बाँकी सेयर लिलामीमा ल्याउनेछ ।













