नेतृत्व चयनको पाँच दिनमै नाडामा लफडा सुरु, वरिष्ठ उपाध्यक्ष गोल्छासहितको ८ जनाले राजिनामा दिने तयारी
काठमाडौं । पाँच दिनअघि मात्रै सर्वसम्मतिमा नेतृत्व चयन भएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमा विवाद सुरु भएको छ ।
नाडाले गत पुस २१ गते मात्रै ४७औं साधारण सभाबाट करण चौधरीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको थियो । चौधरीको नेतृत्वमा चयन नयाँ कार्यसमितिमा लफडा सुरु भएको हो । सर्वसम्मतिबाटै वरिष्ठ उपाध्यक्षमा चयन भएका आकाश गोल्छा समूहले राजिनामाको तयारी अघि सारेको हो ।
विशेषगरि अध्यक्ष चौधरीले आफूखुसी निर्णय गर्न थालेको भन्दै गोल्छा समूहले राजिनामा दिने तयारी गरेको हो । स्रोतका अनुसार साधारण सभामा भएका सहमति अनुसार निर्णय कार्यान्वयन नहुँदा गोल्छा समूह असन्तुष्ट जनाएका हुन् ।
गोल्छा समूहबाट ८ जनाले राजिनाको पक्रिया अघि बढाएका हुन् । यद्यपि, यो छलफलकै चरणमा रहेको बताइएको छ । सभामा चौधरी र गोल्छ पक्षबाट ८/८ जना कार्यसमितिमा आउने सहमति भएको थियो । यस्तै, मनोनित सदस्यमा भने गोल्छाबाट ३ र चौधरीबाट २ जनाले ल्याउने सहमति भएको थियो । तर, अध्यक्ष चौधरीले सहमति बिपरित सदस्य मनोनित गर्न लागेपछि गोल्छा समूहले राजिनामाको तयारी गरेको स्रोतले बतायो ।
‘साधारण सभामा भएको सहमति विपरित सदस्य मनोनित गर्ने, आफू खुसी निर्णय गर्न थालेपछि हामी सामूहिक राजिनाको तयारी छौं । यद्यपि, यो छलफलबाटै अघि बढ्ने छ, हामी छलफलमै छौं’, गोल्छा समूहले भन्यो, सर्वसम्मति हुने बेला भएका प्रतिवद्धता अनुसार काम कारबाही भएन, हाम्रो विकल्प सामूहिक राजिनामा हुन सक्छ ।’













