सर्वोत्तम सिमेन्टको आइपीओमा कतिले दिए आवेदन ?
काठमाडौँ । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको आइपीओमा २७ करोड ७ लाख ११ हजार ९० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात पुष २६ गते साँझ ५ः०६ बजेसम्म १० हजार ५७४ जनाले ७ लाख ५० हजार १०० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । लगानीकर्ताले यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ













