१२ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौँ । आइतबार १२ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारमा उच्च सुधार आउँदा अधिकांश कम्पनीको मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.६२ अकंले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको छ । आज ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज हिमालयन पावर पाटनर्स, कालिका पावर, तेह्रथुम पावर, मध्य भोटेकोशी जलविद्युत, माथिल्लो मैलुङ्ग, त्रिशुली जलविद्युत गरी १२ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।















