हिमालयन टाइम्सले सात करोडको आइपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

हिमालयन टाइम्सले सात करोडको आइपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल



काठमाडौँ । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको हो ।

पुष २४ गते आयोजित एक कार्यक्रममा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेकलिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृतले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार सात करोड बराबरको सात लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० अंकित मूल्यका सर्वसाधारणलाई निष्काशन गरिनेछ ।

द हिमालयन टाइम्स सन् २००१ मा स्थापित भई अंग्रेजी भाषामा प्रकाशित गर्दै आएको राष्ट्रिय दैनिक पत्र–पत्रिकाहरु मध्ये एक हो ।


प्रतिक्रिया दिनुहोस्