११ श्रावण २०८३, सोमबार

चन्द्रागिरी हिल्सको लक इन पिरियड सकियो, आजैदेखि कारोबार हुन योग्य



काठमाडौं । चन्द्रगिरी हिल्सको लक इन पिरियड आज सकिएको छ । कम्पनीले संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीहरुलाई बाँडफाँट भएको सेयरको लक इन अवधिमा सोमबार सकिएको हो ।

योसँगै अब संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य भएको छ । कम्पनीले २०७७ मंसिर १७ गतेदेखि स्थानीय बासिन्दालाई र सोही वर्षको पुस २४ गतेदेखि सर्वसाधारण र कर्मचारीलाई आइपीओ बिक्री गरेको थियो ।

उक्त सेयर २०७७ माघ ९ गते बाँडफाँट गरिएको थियो । बाँडफाँट भएको मितिबाट तीन वर्ष संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इन पिरियडमा राख्नुपर्ने व्यवस्था छ ।

चन्द्रागिरीको १ करोड ३५ लाख कित्ता संस्थापक सेयर, ३ लाख ६ हजार ८१९ कित्ता स्थानीयको सेयर र ६१ हजार ३६४ कित्ता कर्मचारीको सेयर लक इन रहेको थियो । तर, सोमबारदेखि भने उक्त अवधि सकिएको छ ।