टेलिकमको नाफा, आम्दानी र इपिएस घट्यो, वित्तीय अवस्था खस्किएको हो ?
काठमाडौं । नेपाल टेलिकम (एनटीसी) को नाफा, आम्दानी लगायतका सूचकमा गिरावट आएको छ । कम्पनीले मंगलबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीको खुद नाफा ७.६० प्रतिशत घटेर ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ कायम भएको छ । तर, गत आवको दोस्रो त्रैमासमा भने कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख बढी नाफा कमाएको थियो ।
विशेष गरि कम्पनीको आम्दानी आएको गिरावटले नै नाफा प्रभावित भएको हो । समिक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ४.५९ प्रतिशत घटेर १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ कायम भएको छ । यस्तै, वित्तीय आम्दानी पनि ८.६१ प्रतिशत घटेर ३ अर्ब ६१ करोड ६१ लाख र कुल आम्दानी पनि ३.५८ प्रतिशत घटेर २१ अर्ब ३० करोड ९३ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको अन्य आम्दानी भने ४४ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोषको आकार पनि ४.३० प्रतिशत घटेर ७२ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ कायम भएको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५९ पैसाले घटेर ४३ रुपैयाँ ६८ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ५०३ रुपैयाँ ७६ पैसा छ ।













