१६ श्रावण २०८३, शनिबार

लघुवित्त र सहकारीमा रहेको जनताको पैसा सुरक्षित गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले लघुवित्त र सहकारीमा भएको जनताको पैसा सुरक्षित गर्ने घोषणा गरेको छ । अर्थ मन्त्री डा. प्रकाश शरण महतले आगामी बर्ष २०८१/८२ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनले भने, ‘सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानूनी र संस्थागत व्यवस्था मिलाइने छ, लघुवित्त र सहकारीमा बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइने छ ।’

यस्तै, वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ्य, प्रतिस्पर्धी र भरपर्दो वित्तीय क्षेत्रको विकास गरिने जानकारी गराए । बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्ने र पारदर्शिता तथा जवाफदेहिता सुदृढ बनाउने जानकारी गराए ।