निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिन बनाइने
काठमाडौं । सरकारले निजी क्षेत्रलाई आर्थिक विकास इञ्जिन बनाउने भएको छ । अर्थ मन्त्री डा. प्रकाश शरण महतले आगामी बर्ष २०८१/८२ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।
निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिनको रुपमा विकास गर्न आवश्यक नीतिग प्रवन्धक गरि अनुकूल बनाउने उनले जानकारी गराए ।
उद्योग स्थापन र संचालनमा वित्तीय पहुँच सहज बनाइने अर्थमन्त्री महतले उल्लेख गरे । यस्तै, औद्योगिक विकासमा वैदेशिक लगानी प्रवद्र्धन, औद्योगिक क्षेत्रहरु पूर्ण क्षमतामा संचालन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिने भएको छ ।
उद्योग संचालनका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई सरलीकरण गरिने, बन्द भएका सार्वजनिक संस्थालाई निजी क्षेत्रको सहभागितामा संचालन गर्न पहल गरिने जानकारी गराए ।
निजी क्षेत्र प्रतिस्पर्धी भएका क्षेत्रमा रहेका सार्वजनिक संस्थानलाई सेयर बिक्री वा व्यवस्थापन करारको माध्यबाट सार्वजनिक संस्थानको विनिवेश गरिने जानकारी गराए ।













