१५ श्रावण २०८३, शुक्रबार

धितोपत्र बोर्डको अध्यक्षमा ५ जना सर्टलिष्टकाे तयारी



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि सर्टलिष्ट गरिएको छ । अध्यक्ष बन्न आवेदन दिएका मध्ये ५ जनाको नाम अन्तरवार्ताको लािग सर्टलिष्ट गरिएको हो ।

बोर्ड अध्यक्ष बन्न १९ जनाले आवेदन दिएका छन् । तर, सिफारिस समितिले भने ५ जनाको नाम अन्तर्वार्ताको लागि सर्टलिष्टकाे तयारी छ ।

अन्तर्वार्ताको सर्टलिष्टमा बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ छन् । स्रोतका अनुसार नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर कार्की, तत्कालिन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाई र डा. विमलकुमार तिवारी रहेका छन्।

अब उनीहरुको अन्तरवार्ता र प्रस्तुतिकरण हुनेछ । सटलिष्टमा परेका ५ जनामध्ये ३ जनालाई समितिले अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । ती ३ जनामाध्ये एक जनालाई भने मन्त्रिपरिषदले अध्यक्षमा नियुक्ति गर्नेछ ।