१५ श्रावण २०८३, शुक्रबार

रेमिट्यान्स र विदेशी सहयोग बढाएर मात्रै देश चलाउँछु भन्नु गलत होः मन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीको निर्माण र उत्पादन बढाएर देश चलाउनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सको ७३ औँ वार्षिक साधारणसभा एवम् चेम्बर दिवसको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले उत्पादनमा जोड दिएर रोजगारी सृजनामा गर्नुपर्ने बताए ।

तर, रेमिटयान्स र भन्सार बढाए देश चलाउछु भन्ने सोच गलत भएको उनको भनाई छ । उनले भने,’उत्पादनमा जोड दिएर रोजगारी सृजनामा जोड दिऔँ । रेमिट्यान्स, भन्सार बढाएर र विदेशी सहयोग बढाएर देश चलाउछु भन्ने सोच गलत हो ।’

सोही अवसरमा पुँजीगत खर्च कार्यन्वयनको समस्या र व्यापार घाटा कम गर्नुपर्ने चुनौती रहेको मन्त्री श्रेष्ठले बताए । सरकार र निजी क्षेत्रको समन्वयले मात्र देश विकास सम्भव रहेको उनको भनाई छ।

उनले अर्थतन्त्रलाई लयमा फर्काई तिव्र विकासका लागि प्रधानमन्त्री र अर्थमन्त्री तयार रहेको जानकारी समेत गराए । उनले लगानी सम्मेलनबाट देशको विकास गर्न लागेको बतए । उनले भने ‘अर्थतन्त्रलाई लयमा ल्याएर तिब्र विकास गर्नुपर्छ भन्ने कुरामा प्रम र अर्थमन्त्री तयार हुनुहुन्छ । लगानी सम्मेलनबाट देशको विकास गर्न लागिरहेका छौं ।’