इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षामा श्रममन्त्रीको चासो
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको बिषयमा चासो व्यक्त गरेका छन् ।
आइतबार विहानदेखि इरानले इजरायलको राजधानी तेल अविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको बिषयमा चासो व्यक्त गरेका हुन् ।
श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोनमा सम्पर्क गरी नेपाली श्रमिकको बारेमा जानकारी लिएका छन् ।
राजदूत रिजालका अनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित रहेको बताए । साथै दूतावासले अत्यावश्यक बाहेक घरबाट ननिस्कन नेपाली श्रमिकलाई आग्रह गरेको बताए । इजरायल चार हजार नेपाली छन् ।













