ओरियण्टल इन्स्योरेन्सको व्यापार ४१.३७ प्रतिशत बढ्यो
काठमाडौं । ओरियण्टल इन्स्योरेन्स कम्पनी व्यापार विस्तारमा आक्रमक देखिएको छ । अधिकांश निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय संकुचन आएको बेला ओरियण्टलको भने उच्च दरमा वृद्धि भएको छ ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ४१.३७ प्रतिशत बढेको छ । समिक्षा अवधिमा कम्पननीले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।
९ महिनामा कम्पनीले ३१ हजार ६०७ वटा निर्जीवन बीमालेख बिक्री गरेको छ । चैत महिनामा मात्रै कम्पनीले ३ हजार ३३४ वटा बीमालेख बिक्री गरेको छ । सो महिनामा ३३ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। चैतसम्ममा कम्पनीले ३३ हजार रुपैयाँ बराबरको १३ वटा निर्जीवन लघुबीमालेख बिक्री गरेको छ।
गत फागुन महिनामा पनि कम्पनीले ४ हजार ६ वटा बीमालेख बिक्री गरि कुल १२ करोड ९ लाख ३७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, माघमा १२ करोड ६४ लाख १७ हजार, पुसमा २० करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।













