भुक्तानी प्रणाली प्रकरणः टेलिकमका निलम्बित प्रबन्धक निर्देशक पौडेललाई ९ वर्ष कैद सजाय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भुक्तानी प्रणाली प्रकरणः टेलिकमका निलम्बित प्रबन्धक निर्देशक पौडेललाई ९ वर्ष कैद सजाय



काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको हो ।

पोडेललाई २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ रूपैयाँ बिगो र जरिवाना पनि सोहि अनुरूप नै हुने समेत फैसला गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्