१३ श्रावण २०८३, बुधबार

कांग्रेसले संसदमा इतिहासमै कलंकित हुने काम गर्‍यो : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा संसद अवरोध गरेको घटना कांग्रेसलाई मूल्य चर्को पर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभामा नाराबाजीका बीच विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्रीले कांग्रेसले संसदमा इतिहासमै कलंकित हुने काम गरेको भन्दै यो मूल्य चर्को पर्ने चेतावनी दिएका हुन् ।

उनले भने- तपाईहरुले बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक पटक तपाईहरुलाई साथ दियो, त्यो प्रधानमन्त्रीलाई संबिधान अनुसार विश्वासको मत दिन नदिएर तपाईहरुले नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । आजको तपाइँहरुको यो गतिबिधि राम्रो सँग कलंकको रुपमा स्थापित हुने छ ।’