कर्मचारी सुविधा: प्रभु महालक्ष्मी र सानिमा रिलायन्सले दोब्बर बढाए, नेपाल लाइफसहित ३ वटाको घट्यो
काठमाडौं । जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारी सुविधामा खर्चिने रकम १७ प्रतिशत बढाएका छन् । कम्पनीहरुले ९ महिनामा ४ अर्ब ४१ करोड २८ लाख ५३ हजार रुपैयाँ कर्मचारी सुविधामा खर्चिएका हुन् ।
हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीहरुले कर्मचारी सुविधाका लागि ३ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ खर्चिएका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीहरुले यस्तो खर्च १७.१४ प्रतिशत बढाएका छन् ।
कम्पनीहरुले तलब, बोनसका सहित सुविधामा कर्मचारीहरुका लागि खर्चिने गरेका छन् । बीमा कम्पनीहरूले खुद मुनाफाको १० प्रतिशत कर्मचारीका लागि छुटाउने पर्ने व्यवस्था छ । बोनस ऐन अनुसार नै कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ ।
कर्मचारी सुविधा बढाउन सानिमा रिलायन्स अगाडी देखिएको छ । कम्पनीले गत वर्षको तेस्रो त्रैमासको तुलनामा १९१.८१ प्रतिशत बढाएर ३९ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ । यता, प्रभु महालक्ष्मी लाइफको १०२.१६ प्रतिशत बढाएर ३४ करोड १२ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको पनि १७१.५६ प्रतिशत बढेर २३ लाख पुगेको छ ।
तर, नेपाल लाइफसहित तीन वटा कम्पनीहरुको कर्मचारी सुविधा बापत खर्चिने रकम भने घटेको देखिन्छ । समिक्षा अवधिमा नेपालको कर्मचारीका लागि खर्चिने रकम ४.६६ प्रतिशत घटेर ५७ करोड ५९ लाख रुपैयाँ कायम भएको छ । यता, हिमालयन लाइफको पनि ४.४५ प्रतिशत र सूर्यज्योति लाइफको १.६० प्रतिशत घटेको छ ।
कुन कम्पनीले कर्मचारी सुविधामा कति खर्चिए ? रकम हजारमा














