उपलब्धि यकिन नै नगरि बजेट ल्याइयो, ऋणको आकार बढाउनेतर्फ सरकारले जोड दियो: पूर्वअर्थमन्त्री महत
काठमाडौं । पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजन बजेटको उपलब्धि यकिननै नगरि ल्याउने गरेको बताए ।
इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ’पोस्ट बजेट–एक समग्र बहस’ कार्यक्रममा पूर्वमन्त्री महतले यस्तो बताएका हुन् ।
नेपालमा उत्पदन न्युन हुँदै गएको उनको भनाई छ । ठीक ठाउँमा लगानी नहुँदा समग्र आम्दानी नबढ्ने महतले बताए । ‘विनियोजनको कति प्रतिशत उपलब्धी हुने भन्ने यकिन नै नगरि बजेट ल्याउने गरिएको छ । हाल नेपालमा उत्पादन न्यून हुँदै गएको छ, यसको अर्थ हाम्रो लगानी ठिक ठाउँमा नगएको देखिन्छ । ग्रोथ नगरी समग्र आम्दानी बढ्दैन र रोजगारी वृद्धि हुदैन। समस्या समाधानका लागि ठिक ठाउँमा लगानी गर्नुपर्छ’, महतले भने ।
उनले तलवभत्ता र सामाजिक सुरक्षामा हुने लगानी उच्च हुँदा चालु खर्च बढाउने बताए । उनले भने,‘तलवभत्ता र सामाजिक सुरक्षामा हुने लगानी उच्च रहेको बताए । यसले चालु खर्च बढाउँछ । पुँजीगत खर्च पनि प्रथामिकिकरण नगरी गर्छाै । यो बजेटले यी समस्यालाई हेरेको देखिएन ।’
उनले सरकारले ठुलो ऋणको आकार बढाउनेतर्फ जोड दिएको बताए । प्रतिफल नै नहुने ठाउँमा लगानी गरिरहेको बताए । उनले भने,‘अझ ठुलो ऋणको आकार बढाउनेतर्फ सरकारले जोड दियो । हामी प्रतिफल नै नहुने ठाउमाँ लगानी गरिरहेका छौं । यो पुरै गल्ती हो । पुनः ऋण लिएर खर्च गर्ने चंगुलमा हामी फसेका छौं।’













