एनसीएचएल र नेप्सको एकीकृत कारोबार सुरू
काठमाडौं । आज जेठ २१ गतेदेखि नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को एकीकृत सुरू भएको छ । नेप्सको १०० कित्ता सेयर बराबर एनसीएचएलको २८ कित्ता सेयर कायम हुने गरी १:०.२८ को सेयर आदानप्रदान अनुपातमा नेप्सलाई एनसीएचएलले प्राप्ति गरेर एकीकृत कारोबार सुरू गरेको हो ।
दुई कम्पनीबीच गत चैत २२ गते मर्जरमा जाने अन्तिम सम्झौता भएको थियो । वैशाख १३ गते दुवै संस्थाको विशेष साधारणसभाबाट प्रस्ताव पारित भएसँगै एकीकृत कारोबारको मिति तय गरेका थिए ।
नेपाल राष्ट्र बैंकले गत जेठ २ गते र कम्पनीको रजिष्ट्रारको कार्यालयले जेठ १३ गते स्वीकृती दिएको थियो। प्राप्तिपश्चात ‘नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)’ को नामबाट एकीकृत सुरु हुनेछ । एकीकृत कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–२८ कमलादीमा रहनेछ ।
।
एकीकृत कम्पनीको चुक्ता पुँजी अब १ अर्ब ६ करोड ५८ लाख रुपैयाँ छ । हाल एनसीएचएलको १ अर्ब ६६ लाख र र नेप्सको २१ करोड १२ लाख रूपैयाँ छ ।













