९ श्रावण २०८३, शनिबार

स्टार्ट अप नीति पारित भएकोमा महासंघद्वारा स्वागत



काठमाडौं । नेपाल उद्योग बाणिज्य महसंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ ।

मंगलबार महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई बर्ष अघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल पछि मन्त्रीपरिषदले पारित गरेको छ ।

विकसीत देशहरुमा स्टार्टअप स्थापित भए संगै नेपालमा पनि यसको चर्चा र चासो हुनु स्वाभाविक हो । किनकी, व्यवसायमा नयाँ सोचहरुको प्रार्दुभाव भैरहेका र सानो सानो लगानीमा नयाँ बिचारका साथ केही व्यवसायहरु उदाउदै गर्दा तिनको संचलन कसरी र केका आधारमा भै रहेका छन् भन्ने राज्यको चासो संगै “स्टार्टअप” को परिभाषा र त्यसको नीतिका बारेमा छलफल भए र “स्टार्टअप नीति” विकास गर्ने प्रक्रियाले थालनी पाउदै रोकीदै हालै २०८१ जेष्ठ २ गते मन्त्रिपरिषदबाट पारित भयो ।

नीति आउनु नेपाल उद्योग वाणिज्य महासंघ तथा समग्र निजी क्षेत्रका लागि अतिनै महत्वपूर्ण छ, किनकी यसका लागि महासंघले अनवरत रुपमा बिभिन्न तवरबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सघाउदै पनि आएको थियो र सो नीति आएको खुशियालीमा महासंघले उक्त नीतिले अंगिकार गरेका लक्ष्य, उद्देश्य, परिभाषा, रणनीति, कार्यनीति र कार्यक्रमका बारेमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जिवलाल भुषालको आतिथ्यतामा मंगलवार महासंघमा नीति संबाद आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीति सम्बाद कार्यक्रमका अध्यक्ष तथा महासंघ अध्यक्ष ढकालले स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो इतिहासलाई जोड्दै नीति ल्याउन लामो समय देखिको महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरुबाट निकै खारीयर आएकोले स्टार्टअप व्यवसायका लागि महत्वपूर्ण हुने बताए ।

त्यस्तै, सहसचिव जिवलाल भूषालले नीतिले अंगिकार गरेकोे स्टार्टअपको परिभाषा र स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तर सम्बन्धहरु, स्टार्टअप बर्ष २०३० र स्टार्टअप कर्जाहरुका बिषयमा प्रकास पारेका थिए ।

कार्यक्रमका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्धय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, औद्योगीक व्यवसाय विकास प्रतिष्ठनका कार्यकारी निर्देशक उमेश कुमार गुप्ता लगायतले बोलेका थिए । उनीहरुले स्टार्टअप नीति २०८०, स्टार्टअप कर्जा संचालन कार्यबिधि २०८० र अहिले कार्यान्वयन भइरहेको कर्जा वितरणको अन्तिम अवस्थाहरु बारे विचार राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्