युनाइटेड मेवाखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, साधारणसभा आह्वान
काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ
कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार साधारणसभा आगामी असार ६ गते डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरू हुनेछ ।
उक्त सभामा कम्पनीको आईपीओ जारी गर्ने, पूँजी संरचना संशोधन, अन्य नयाँ परियोजनामा लगानी गर्ने,कम्पनीको चुक्तापूँजी भन्दा बढी ऋण लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल एंव निर्णय गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै उक्त अवधिको वित्तीय विवरणहरू समेत पारित गरिनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।













