नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपैयाँको १:०.५ अनुपातमा १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो।
यस सेयरमा आजसम्म कायम संस्थापक सेयरधनीले खरिद आवेदन दिन सक्नेछन् । हाल कायम संस्थापक सेयरधनीले आफ्नो कायम सेयरको अनुपातमा हुन आउने हकप्रद खरिद गर्न कम्पनीले आग्रह गरेको छ ।
हकप्रद सेयरमा आवेदनकर्ताले आगामी असार ११ देखि असार २५ गतेभित्र आवेदन पेस गर्न सक्नेछन् ।
साथै, तोकिएको समयभित्र आवेदन नपरेमा कम्पनीको सेयर बेचबिखन, पुनः बाँडफाँट वा अन्य किसिमले वितरण गरिने पनि कम्पनीले जनाएको छ ।













