निर्वाचन आयोगको आयुक्तमा प्रधान सिफारिस, को हुन प्रधान ?
काठमाडौं । नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रिक्त निर्वाचन आयुक्त पदमा प्रधानलाई नियुक्त गर्न सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
अब संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ । नियुक्तिपछि प्रमुख निर्वाचन आयुक्तबाट पद तथा गोपनीयताको शपथ लिनेछन् ।














