८ श्रावण २०८३, शुक्रबार

प्रभु महालक्ष्मी लाइफको ४ लाख बढी कित्ता सेयर बिक्रीमा



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख २३ हजार बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले विभिन्न पाँच जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २३ हजार ७२५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि संस्थापक सेयर धनीहरूको लागि बिक्रीमा राखेको सेयर बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको जनाएको छ ।

संस्थापक सेयर किन्न इच्छुक सर्वसाधारणले ७ दिनभित्र काठमाडौं कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्