हकप्रद सेयर निष्कासन गर्न हिमालयन उर्जा विकासले पायो स्वीकृति
हकप्रद सेयर निष्कासनका लागि हिमालयन उर्जा विकास कम्पनीले स्वीकृति पाएको छ । कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले असार ७ गते स्वीकृती दिएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।













