लाभांश प्रस्ताव पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारणसभा
काठमाडौं । नागरिक लगानी कोषले २९औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको २९औँ वार्षिक साधारणसभा आगामी असार ३१ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले कोषको गत आर्थिक वर्षको आम्दानीबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।
त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै सेयरधनी र सञ्चालकहरूका तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
सभा प्रयोजनार्थ कोषले असार २० गते बुक क्लोज गर्ने भएको छ । त्यसैले असार १९ गतेसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्ट गर्न सक्नेछन् ।













