८ श्रावण २०८३, शुक्रबार

नेशनल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

संस्थापक सेयरधनीले काठमाडौं लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

३५ दिनभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन पेस नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्