१२ श्रावण २०८३, मंगलबार

आर्थिक विधेयक-२०८१ प्रतिनिधिसभाबाट पारित



काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक – २०८१ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव गरेको आर्थिक विधेयक, २०८१ बहुमतले पारित भएको हो ।

यो विधेयकमा पाँच वटा संशोधन प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसका सांसद आरजु राणा, दिलेन्द्रप्रसाद बडू, डा. प्रकाशशरण महत र श्यामकुमार घिमिरेले संयुक्त रुपमा संशोधन राखेका थिए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले पनि संशोधन प्रस्ताव राखेका थिए ।

पाँच वटै संशोधन प्रस्तावलाई सभाले बहुमतले अस्वीकार गरेको छ ।