सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण
काठमाडौं । सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरेर मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ११३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका हुन् ।












