१२ श्रावण २०८३, मंगलबार

अर्थ समितिको बैठक बस्दै, मौद्रिक नीति बारे छलफल हुने



काठमाडौं । सोमबार दिउँसो दुई बजे अर्थ समितिमो बैठक बस्दैछ । बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको बारेमा छलफल हुनेछ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिवबीच छलफल हुने भएको हो ।केन्द्रिय बैंक यतिबेला आगामी आवको मौद्रिक नीति ल्याउने तयारीमा छ ।

विभिन्न चरणमा सम्वन्धित सरोकारवालासँग छलफल गरि सुझाव संकलन पनि गरिरहेको छ । राष्ट्र बैंकले आगामी साउन पहिलो साता भित्र मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।