त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । नवगठित सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मैदानमा दर्शकका लागि बस्ने प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय गरेको गरेको हो ।












