११ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (२) अनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

धारा ७६ (४) अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । नेपाली कांग्रेस, एमाले, जसपा र लोसपा सरकारमा सहभागी छन् ।

जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि सरकारलाई समर्थन गर्ने बताएका छन् ।