११ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा डा. खतिवडा, को–को छन् टिममा ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । नेकपा एमालेका उपमहासचिव रिमाललाई प्रधानमन्त्री ओलीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्ति गरेका हुन्।

प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा भने पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा नियुक्त भएका छन् । यता, सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन् ।

यस्तै, प्रमुख स्वकीय सचिवमा राजेश ब्रजाचार्य तथा स्वकीय सचीवालयमा रोशनी मेचे, दीपेन्द्र दाहाल र रामशरण बजगाई लगायत नियुक्ति भएका छन् ।