११ श्रावण २०८३, सोमबार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी



काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्ति भएका छन् बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई आयोगको उपाध्क्षमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

उनीयसअघि आयोगको सदस्य पनि रहेका थिए ।

उनले थाइल्याण्डको चुलागोंगकोर्न विश्वविद्यालय बैंककबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डको सरकारमा डा. मिन बहादुर श्रेष्ठ आयोगको उपाध्यक्ष थिए । उनले राजिनामा दिएपछि डा. अधिकारीलाई मन्त्रिपरिषदको बैठकमा उपाध्यक्षमा नियुक्ति गरिएको हो ।

अधिकारी त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका पूर्वप्रमुख समेत हुन । बैठकले उनीसँगै अन्य ६ सदस्य पनि नियुक्त गरेको छ।