नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ कराेड ५० लाख रूपैयाँ बराबरको अंकित मूल्यमा १०० रुपैयाँ कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आईपीओको निष्काशन गर्नकाे लागि एनआइएमबि एस क्यापिटलसँग गत साेमबार सम्झौता गरेकाे हाे ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई नेपाल माइक्रो इन्स्योरेन्सले २०७९ काे चैत २७ मा निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० वैशाख २६ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्