लाभांश वितरणका लागि लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फण्ड –२ ले तोके बुक क्लोज मिति
काठमाडौं । लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फण्ड –२ ले नगद लाभांश (प्रतिफल) वितरणका लागि गर्न बुक क्लोज मिति तय तोकेका छन् । यी दुवै फण्डले नगद लाभांश वितरण गर्न साउन ३१ गते बुक क्लोज गर्नेछन् । त्यसैले, साउन ३० गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
लक्ष्मी उन्नति कोष आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । त्यसैगरी, लक्ष्मी इक्विटी फण्डले ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
यी फण्डको योजना व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
















