१० श्रावण २०८३, आइतबार

‘आइपीओ निष्कासन प्रक्रिया अघि बढेको छ, ठुला आयोजनामा लगानी गर्छौ’ : निर्देशक घिसिङ

‘आइपीओ निष्कासन प्रक्रिया अघि बढेको छ, ठुला आयोजनामा लगानी गर्छौ’ : निर्देशक घिसिङ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ ।

शुक्रबार प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन मार्फत आइपीओ निष्कासनको प्रक्रिया अघि बढाइएको जानकारी गराए । प्राधिकरणले हाल कायम पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अघि बढाइएको बताए । उनले भने, ‘संस्थाको पूँजी रु.३ खर्ब कायम गरी त्यसको १० प्रतिशत सेयर सर्वसाधरणलाई निश्कासन गर्न आवश्यक प्रकृया अगाडि बढाइएको छ ।’

इक्रा नेपालले गरेको क्रेडिट रेटिङ्मा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको समेत जानकारी गराए । आइपीओ निष्कासन पश्चात संकलित रकम ठुला जलविद्युत आयोजनामा लगानी गर्ने घिसिङले बताए । त्यसका लागि आवश्यक दिशासहित प्राधिकरण अघि बढेको उनको भनाई थियो ।

कार्यकारी निर्देशक घिसिङ्को आज दोस्रो कार्यकालको तीन वर्ष पुरा भएको छ । सोही अवसरमा उनले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेका थिए ।

नेपाल सरकार मन्त्रिपरिषद्कोे २०७८ साल साउन २५ गतेको निर्णयबाट घिसिङ दोस्रो पटक चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्ति भएका थिए । दोस्रो पटक नियुक्ती भएको तीन वर्ष पूरा भएको छ । सो अवसरमा शुक्रबार आफ्नो कार्यकालमा हासिल भएका मुख्य ५५ उपलब्धी समेत सार्वजनिक गरेका छन् ।