८ श्रावण २०८३, शुक्रबार

नाफामा हिमालयन लाइफले टप्योः ग्रोथमा सिटिजन नम्बर वान्, सूर्यज्योति, आइएमई र प्रभु महालक्ष्मी तगडा



काठमाडौं । जीवन बीमा कम्पनीहरुले खुद नाफा साढे १३ प्रतिशत बढाएका छन् । एकै वर्ष कम्पनीहरुले साढे ५ अर्ब बढी नाफा कमाएका छन् ।

हाल संचालनमा रहेका १४ मध्ये १३ वटा कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा ठुला जीवन बीमा कम्पनीहरुले ५ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको तुलनामा १३.५३ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीहरुले ४ अर्ब ९१ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत आवमा तीन वटा कम्पनीको नाफा घटेको छ । त्यस बाहेकका अन्य कम्पनीहरुले भने नाफामा उल्लेख्य सुधार गरेका छन् ।
गत आवमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको नाफा ६८.३४ प्रतिशत, मेट लाइफको ३४.१४ प्रतिशत र सन नेपाल लाइफको २६.५३ प्रतिशत घटेको छ ।

नाफामा हिमालयन लाइफले टप्योः ग्रोथ सिटिजन नम्बर वान्, सूर्यज्योति, आइएमई र प्रभु महालक्ष्मी शीष सूचीमा

हिमालयन लाइफ गत आवमा जीवन बीमा मध्ये सर्वाधिक नाफा कमाउन सफल कम्पनी बनेको छ । कम्पनीले गत आवको ६३ करोड ३८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २१.५९ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनी चौंथो सूचीमा थियो । तर, गत आवमा आइपुग्दा भने व्यापाक छलाङ मारेको छ ।

अघिल्लो आवमा सर्वाधिक नाफा कमाएको सन नेपाल लाइफको भने २६.५३ प्रतिशत घटेर ५७ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । यद्यपि, गत आवमा रकमको आधारमा दोस्रो पोजिशनमा छ ।

तर, नाफा वृद्धिदरमा भने सिटिजन, आइएमई सूर्यज्योति र प्रभु महालक्ष्मी लाइफ तगडा देखिएका छन् ।

गत आवमा सिटिजन लाइफले सर्वाधिक २१६.५६ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आवमा १० करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने ३२ करोड ४७ लाख रुपैयाँ कायम भएको छ ।

गत आवमा सर्वाधिक नाफा बढाउनेको दोस्रो सूचीमा सूर्यज्योति लाइफ छ । कम्पनीले १४६.०३ प्रतिशत नाफा बढाएर ३९ करोड ६५ लाख कायम भएको छ।

यस्तै ग्रोथका आधारमा तेस्रो पोजिशनमा आइएमई लाइफ छ । आइएमई लाइफले नाफा १४५.०४ प्रतिशत वृद्धि गरि ५१ करोड ४५ लाख ५७ हजार रुपैयाँ कायम गरेको छ । रकमका आधारमा पनि कम्पनी तेस्रो स्थानमा छ । यता, प्रभु महालक्ष्मीको लाइफको नाफा पनि १०४.४० प्रतिशत बढेर ३६ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

यस्तै, नेशनल लाइफको नाफा पनि ६०.९२ प्रतिशत, सानिमा रिलायान्सको ५९.९१ प्रतिशत, एशियनको ३६.९१ प्रतिशत, नेपाल लाइफको ३०.८० प्रतिशत बढेको छ ।

कसले कति कमाए ?

स्रोतः सम्वन्धित कम्पनीहरुले प्रकाशन गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण, रकम हजारमा


प्रतिक्रिया दिनुहोस्