८ श्रावण २०८३, शुक्रबार

शतप्रतिशत बढ्यो चन्द्रागिरी हिल्सको नाफा, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म चन्द्रागिरी हिल्सको नाफा शतप्रतिशत बढेको छ ।गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी ९.४९ प्रतिशत बढेर एक अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीको यस्तो आम्दानी ९१ करोड ३४ लाख रुपैयाँ थियो ।

गत एक वर्षको कम्पनीको कुल आम्दानी ८.८७ प्रतिशत बढेर ८७ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च २९.३७ प्रतिशत बढेर ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ५६ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ।

१ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।


प्रतिक्रिया दिनुहोस्