शतप्रतिशत हकप्रद सेयर जारी गर्दै मोदी इनर्जी
काठमाडौं । मोदी इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको बुधबार (साउन ३० गते) बसेको सञ्चालक समितिको ५८ औं बैठकले १०० प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरेको हो ।
कम्पनीले बैंकको ऋण चुक्ता गर्नको लागि कम्पनीको हाल कायम चुक्ता पूँजीको १:१ (एक सेयर बराबर एक नयाँ सेयर) को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
उक्त प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिको लागि आवेदन दिने निर्णय गरेको छ । आयोगबाट प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि बढाउनेछ । हाल यसको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ । १०० प्रतिशत हकप्रद पछि पुँजी ५ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
आयोगबाट हकप्रद निष्काशन सम्बन्धमा सहमती प्राप्त भए पश्चात यस कम्पनीको आगामी वार्षिक साधारणसभामा उक्त हकप्रद सेयर निष्कासनको स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।













