आइजीआईका कर्मचारीलाई फलिफाप: सलिको र सिद्धार्थ प्रिमियरको बोनस सुविधा उच्च वृद्धि, कसले कति बढाए ?
काठमाडौं । गत आर्थिक वर्ष ५२ प्रतिशत नाफा वृद्धि गरेका निर्जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको सुविधा पनि राम्रै खर्च गरेका छन् ।
गत आवमा १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ४३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । उल्लेख्य नाफा गरेका कम्पनीहरुले आफ्ना कर्मचारीहरुको बोनस तथा सुविधामा खर्चिने रकम पनि ठुलै देखिएको छ ।
गत आवमा कम्पनीहरुले कर्मचारीलाई सेवा सुविधा तथा बोनस वितरणका लागि ५ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ छुट्याएका छन् । जुन अघिल्लो आवको तुलनामा ३३.८ प्रतिशत बढी हो । अघिल्लो आवमा ४ अर्ब १३ करोड १२ लाख रुपैयाँ खर्चिएका थिए ।
बीमा कम्पनीहरूले खुद मुनाफाको १० प्रतिशत कर्मचारीका लागि छुटाउने पर्ने व्यवस्था छ । बोनस ऐन अनुसार नै कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ । सोही बमोजिम बीमा कम्पनीहरूले कर्मचारी बोनस व्यवस्था बापत सो रकम छुट्ट्याएका हुन् ।
गत आवमा एनएलजी इन्स्योरेन्सको झिनो अर्थात् शून्य दशमलव ६२ प्रीतशत घटेको छ । उक्त कम्पनी बाहेकका सबैको कर्मचारी सुविधा तथा बोनस उल्लेख्य बढेको छ। यस्तो सुविधा १६५ प्रतिशतसम्म बढाएका छन् ।
रकमका आधारमा सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले धेरै रकम छुट्याएका छन् । गत आवमा सिद्धार्थ प्रिमियरले आफ्ना कर्मचारीको सुविधा तथा बोनसका लागि ६६ करोड ८१ लाख रुपैयाँ र सलिकोले ६१ करोड ८२ लाख रुपैयाँ छुट्याएका छन् । अघिल्लो आवको तुलनामा यी दुवै कम्पनीले यस्तो सुविधामा क्रमशः ७०.६१ प्रतिशत र ५५.४२ प्रतिशत बढाएका हुन् ।
यता, शिखर इन्स्योरेन्सले पनि आफ्नो कर्मचारी बोनस सुविधका ९.८२ प्रतिशत बढाएको छ । अघिल्लो आवमा कम्पनीले ५१ करोड ६० लाख रुपैयाँ खर्चिएको थियो । तर, गत आवमा आइपुग्दा भने बढेर ५६ करोड ६७ लाख पुर्याएको छ ।
तर, अघिल्लो आवको तुलना सर्वाधिक सुविधा वृद्धि भने आइजीआई प्रुडेन्सियल इन्स्योरेसको देखिएको छ । अघिल्लो आवमा कम्पनीले आफ्ना कर्मचारीका लागि १८ करोड १६ लाख रुपैयाँ मात्रै छुट्याएको थियो । तर, एक वर्षमै १६५.३७ प्रतिशत बढाएर ४८ करोड १९ लाख रुपैयाँ पुर्याएको छ । यो अर्थमा कम्पनीले कर्मचारीलाई खुसी पार्न निकै सिपालु देखिएको छ ।
यस्तै, ओरिण्यटल इन्स्योरेन्सका कर्मचारीको सेवा सुविधा तथा बोनस ३८.२६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३७.६६ प्रतिशत, नेशनलको ३३.८१ प्रतिशत, युनाईटेड अजोडको २७.१९, सानिमा जिआइसीको २६.१६ प्रतिशत वृद्धि भएको छ।
यता, हिमालयन एभरेष्टले पनि २४.८९ प्रतिशत, प्रभुले २२.८ प्रतिशत, नेकोले ८.३८ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीले ७.४६ प्रतिशत बढाएका छन् ।
कसले कति बढाए ?














