८ श्रावण २०८३, शुक्रबार

छोटो समयमै लिबर्टी माइक्रो लाइफको लोभलाग्दो प्रगति, आईपीओ निष्काशन गर्ने तयारीमा



काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले छोटो समयमै उत्साहजनक प्रगति गरेको छ । गत पुस ६ गतेदेखि विधिवत् रूपमा सञ्चालनमा आएको कम्पनीले छोटो समयमा नै उल्लेख्य प्रगति गरेको हो ।

२०७९ पुस १७ गते स्थापित र माइक्रो लाइफ इन्स्योरेन्सको रूपमा सञ्चालन भएको बीमा ऐन-२०७९ अन्तर्गत २०८० भदौ १ मा इजाजतपत्र प्राप्त गरेपछि कम्पनीले कार्तिक २६ गतेबाट व्यावसायिक यात्रा सुरू गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ७६ लाख ३ हजार ४१० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनी सञ्चालनमा आएपश्चात आठ महिना अवधिको उपलब्धि हो । यो अवधिमा कम्पनीले २ करोड ९९ लाख ११ हजार रुपैयाँको ग्रस प्रिमियम संकलन गरेको छ । 

७ करोड ६३ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीको कुल खर्च ६ करोड ८७ लाख रुपैयाँ रहेको छ । ८ महिनाको अवधिमा कम्पनीले १७ हजार ७१० पोलिसी जारी गरेको छ ।

चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको रिटर्न अर्निङमा २६ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

हाल कम्पनीले ८ वटा शाखामार्फत बीमा सेवा प्रदान गर्दै आइरहेको छ । थप पाँच शाखा सञ्चालन तयारीमा रहेको कम्पनीले जनाएको छ । जसको लागि बीमा प्राधिकरणबाट स्वीकृति समेत पाइसकेको छ । पोखरा केन्द्रीय कार्यालय रहेको कम्पनीको प्रादेशिक कार्यालय काठमाडौंमा रहेको छ । कम्पनीले इटहरी, विरगञ्ज, धगगढ़ी, भैरहवा, गाईघाट, बर्दिबास र कुश्मामार्फत सेवा प्रवाह गरिरहेको छ । त्यसैगरी, नेपालगन्ज, विराटनगर, लमही, महेन्द्रनगर र मन्थली शाखा छिट्टै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।

कम्पनीले ४६ कर्मचारी र एक हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रवाह गरिरहेको छ ।

यस्तो छ बीमा पोलिसी

१. समृद्धि कवच माइक्रो टर्म लाइफ

-न्यूनतम प्रिमियममा व्यापक सुरक्षा प्रदान

-आवश्यकता अनुसार बीमा अवधि १ देखि १५ वर्षसम्म हुने

-किफायती प्रीमियम

-दुर्घटनाको कभरेज प्रदान गर्ने ।

२. समृद्ध भविष्य लघु जीवन बीमा

-एकल नीतिमा बीमा कभरेज र बचत घटक प्रदान गर्दछ ।

-म्याचुरिटी वा मृत्यु पश्चात लाभार्थीलाई एकमुष्ट भुक्तानी प्रदान गर्दछ।

-बीमा नीति अवधि: ५, १०, १५, २० वर्ष

-परिवारहरूको लागि दीर्घकालीन आर्थिक सुरक्षा र स्थिरता प्रदान गर्दछ।

३. सामुहिक म्यादी लागु जीवन बीमा

-समूह वा समुदायहरूको लागि बीमा कभरेज प्रदान गर्दछ

-बीमा कभरेजको लागि एक व्यक्तिगत दृष्टिकोण प्रदान गर्दै, नीतिधारकहरूले आफ्नो समूहको विशेष आवश्यकताहरू पूरा गर्न योजना तयार गर्न सक्छन्।

-नीति धारकहरूसँग समूहको विशेष आवश्यकताहरूको आधारमा अतिरिक्त कभरेज वा सवारहरू थप्ने विकल्प छ। लघुबीमा कार्यक्रमबाट विपन्न वर्ग लाभान्वित भएका छन्।

कम्पनीले आफ्नो बीमाको पहुँच बढाउन नयाँ अभिकर्ता उत्पादन तथा देशको विभिन्न ठाउँमा आफ्‌नो प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा उप-शाखा कार्यालय खोली लघु जीवनबीमाको सेवा दिने जनाएको छ । कम्पनीले छोटो समयमा नै हासिल गरेको यो प्रगति लोभलाग्दो छ ।

कम्पनीले निटक भविष्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । जसको लागि कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्