नेपाल औषधी लिमिटेडको कार्यालय निरिक्षण, अपेक्षित राजश्व संकलन गर्न मन्त्री भण्डारीको निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले आइतबार नेपाल औषधी लिमिटेडको कार्यालय निरिक्षण गरेका छन् ।
उद्योग सचिव कृष्ण बहादर रावत सहित लिमिटेडको कार्यालय बबरमहल पुगेका मन्त्री भण्डारीले औषधीको उत्पादन तथा भण्डारण, औषधीको गुणस्तर निर्धारण, सरकारी र प्राइभेट क्षेत्रमा विक्रि वितरणको अवस्था तथा ल्याव संचालनको अवस्थाका बिषयमा जानकारी लिएका छन् ।
उनले लिमिटेडका अध्यक्ष र कर्मचारीहरु संग सक्षिप्त अन्तरक्रिया समेत गरेका हुन् । अन्तरक्रियाका क्रममा मन्त्री भण्डारीले सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल औषधी लिमिटेडलाई प्रयाप्त मात्रामा औषधी उत्पादन गरि विक्रि वितरण गरेर अपेक्षा अनुसारको राजश्व संकलन गर्न निर्देशन दिएका हुन् ।

कम्पनी लिमिटेड संचालनमा रहेका नितिगत समस्या समाधानका लागि आफुले सहजीरकण गर्ने बताउदैँ संरचनाको उचित प्रयोग गरि कम्पनीलाई नाफामा ल्याउन निर्देशन दिए ।
सोही क्रममा लिमिटेडका तर्फबाट नितिगत समस्याहरुको बिषयमा जानकारी गराइएको छ । लिमिटेडका महाप्रवन्धक कैलाश पनेरुका अनुसार लिमिटेडलाई उद्योग मन्त्रालयका साथै स्वास्थ्य र अर्थ मन्त्रालयको समेत सहयोग आवश्यक रहेकाले यसको लागि समन्वय गरिदिन आग्रह गरे ।
सो बिषयमा मन्त्री भण्डारीले सहजीकरणका लागि आफु तयार रहेको बताए । लिमिटेडका सबै समस्याहरु व्यवस्थीत रुपमा लिएुुर मन्त्रालयमा आउन उनको निर्देशन छ । उनले नितिगत झण्जट हटाउने बिषयमा सरकार प्रतिवद्ध रहेको बताए । उनले उत्पादन भएको औषधी विक्रि बितरणका लागि प्रदेश सरकार र स्थानियतहहरु संग समेत समन्वय गरिने आश्वासन दिए ।













