१० श्रावण २०८३, आइतबार

डेडिकेटेड तथा ट्रंक लाइन: प्रधानमन्त्री ओलीले भने,‘२२ अर्ब नै उठाउनुपर्छ, एक रुपैयाँ पनि छुट हुँदैन’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता सबै उठाउनुपर्ने बताए ।

उनले सबै बक्यौता रकम उठ्नुपर्ने बताएका हुन् । सरकारले डेडिकेटेड फिडर र ट्रंक लाइनका उपभोक्ताबाट सबै मसुल उठाउने बताए ।

पछिल्लो समय सरकारले सो महसुल उठान नखोजेको भन्दै बारम्बार प्रश्न आइरहेको छ । यस्तो सन्दर्भमा प्रधानमन्त्री ओली सामाजिक सञ्जाल फेसबुक मार्फत सबै महसुल उठाउनुपर्ने बताए हुन् । उनले लेखेका छन्,‘६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनुपर्छ । सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो ।’

रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु नहुने बताए । उनले भनेका छन्,‘उद्योग बन्द नगरि, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगबाट बक्यौता उठाउनै पर्छ । रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनुहुँदैन । ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनुपर्छ ?’

https://www.facebook.com/UMLprezKPSharmaOli/posts/pfbid02pSdmkfSw3kqHyVDmj7uL727QMTvH4SpYs5LErKdxS12Nc53ioFSwsZBFybcNuvZol?__cft__[0]=AZUw5ZzJ2OwBgETQV9i6ZxhV-J3N5xO9TZPs0lTHQQfIB2G-SOWesHSrjmztWbE-afxxWuGxEKmV5jzId8MpVeUgHC-sdM6o9qwjidNMdkpsw5ExhZl3FguIxO4VQnY2sYyoe2rFGDtzFvYO8n5AdUxg-Xs2x6pjBTW0UrwutRqqkGdnB6akOEZK8e8tv_u3uOsrRyNjW53PDOFG3-3pijIJ&__tn__=%2CO%2CP-R