१० श्रावण २०८३, आइतबार

असल व्यवसायीलाई सरकारले सधैँ साथ दिन्छ : अर्थमन्त्री पौडेल



काठमाडौं । यस वर्षको नाडा अटो शो- २०२४ आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा हुने सवारी साधानहरुको १६ औं संस्करणको अटो शोको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका हुन् ।

शुभारम्भ समारोहमा बोल्दै अर्थमन्त्री विष्णु पाैडेलले असल व्यवसायीलाई सरकारले सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरे । उनले इमान्दार भएर आफ्नाे व्यावसाय गर्न व्यावसायीलाई आग्रह आग्रह गरे । ‘हिजाेका समस्याबाट आक्रान्त नबन्नुहाेस । व्यवसायका क्रममा केही कसैलेले दु:ख दिए मलाई भन्नुहाेस । असल भएर काम गर्नेलाई सरकारले सधैँ साथ दिन्छ’, उनले भने ।

उनले व्यवसायीले उठाएका नीतिगत स्थिरताको सरकारले सम्बोधन गर्ने बताए । ‘यो स्थिर सरकार हो । सरकार स्थिरता कामय गर्न लागि परेको छ’, उनले भने ।

विद्युतीय सवारी (ईभी)मा एथेष्ठ अध्यायन गरेर परिमार्जन गरिने उनले बताए ।

नाडाका अध्यक्ष करण चाैधरी सरकारले अटो व्यवसायलाई प्राथमिकताका साथ हेर्नु पर्ने बताए । अटो मोबाइललाई विलासी मानिए पनि यो नेपाली जनताको आवश्यकता रहेको उनको भनाइ थियो ।

अटो व्यवसायीले १ लाखलाई रोजगारी दिएको र अप्रत्यक्षरुपमा १५ लाख जनाले रोजगारी पाएकोले यस क्षेत्रलाई सरकारले प्राथमिकता दिनु पर्ने उनको भनाइ छ । ‘अटो क्षेत्रमा व्यवसायीहरुले १ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको उनले बताए । ‘२० प्रतिशत नाडाले ट्याक्समा राज्यलाई याेगदान गरेको छ । व्यवसायीहरूको १ खर्ब बढी लगानी छ । यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्यो ।’ नितीगत स्थिरता आवश्यक छ रहेको समेत उनले उल्लेख गरे ।

माैद्रिक नितीले अटाे व्यवसायलाई समेट्न नसकेकोमा उनले गुनासो गरे । व्यवसायीलाई त्रासबाट मुत्ति दिलाउन सके मात्र व्यासी सफल हुने र व्यवसाय सफल भए मात्र मुलकको अर्थतन्त्र बलीयो हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल अध्यक्षले अटो क्षेत्र लक्जरी नभएर दैनिक आवश्यकताको क्षेत्र रहेको बताए । नीति नियम बनाउँदा ख्याल गर्नुपर्ने उनले बताए ।

नेपाल चेम्वर्स अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले अटाे क्षेत्रमा लगाएकाे कर घटाउनुपर्ने बताए । कर बढाउने भन्दा पनि करकाे दायारा बढाउनतर्फ लाग्न समेत सरकारले उनले सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्